
गोरखामा पनि ‘मास्क अभियान’
नेपाल मास्क अभियान अन्र्तगत गोरखामा पनि ‘म पनि मास्क लगाउँछु, अरुलाईपनि मास्क लगाउन प्रेरित गर्छु’ भन्ने नारा सहित अभियान सुरु भएको छ ।
साउन २९ गते सम्म देशब्यापी संचालन हुने मास्क अभियान अन्तर्गत गोरखामा पनि सोमवारदेखि सुरु भएको छ ।
स्वास्थ्य कार्यालय गोरखा, नेपाल रेडक्रस सोसाईटी गोरखा, जिल्ला प्रहरी कार्यालयको आयोजनामा गोरखामा मास्क अभियान चलेको हो । गोरखा सदरमुकाम, लक्ष्मीबजार, छेवेटार, बाह«किलो, राजमार्ग क्षेत्र लगायत ठाउँमा मास्क लगाउन अनुरोध गर्दै नलगाएकालाई बितरण गरिएको स्वास्थ्य कार्यालयको सुचना अधिकारी नवराज खड्काले बताए । यो अभियान केहीदिन निरन्तर चल्नेछ ।





