
५ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा गोरखामा ७२ वर्षिय वृद्ध पक्राउ
५ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा गोरखाको अजिरकोट गाउँपालिकाबाट ७२ वर्षिय वृद्ध लेखनाथ खनाल पक्राउ परेका छन् ।
मादक पदार्थ सेवन गरी बालिकालाई साउन २३ गते घरमै बलात्कार गरेको आरोपमा पक्राउ परेका वृद्धलाई जवरजस्ती करणी शिर्षकमा मुद्धा दर्ता गरिएको डिएसपी प्रकाश दाहालले बताए । पिडित बालिकाले आमालाई घटनाबारे बताएपछि उनले प्रहरीमा उजुरी गरेकी थिईन । प्रहरीले साउन २४ गते उनलाई पक्राउ गरेको थियो । गोरखा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




