
गोरखामा ६५ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित ७८८ पुग्यो
गोरखामा आईतवार ६५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार बिभिन्न पालिकामा एन्टिजेन मार्फत २६ र पिसिआर मार्फत ३९ जना संक्रमित थपिएका हुन् ।
थपिएका सँगै गोरखामा सक्रिय संक्रमितको संख्या सात सय ८८ पुगेको छ ।
रिपोर्ट प्राप्त हुन दुई सय ८७ जनाको बाँकी रहेको स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताए । गोरखामा १७ जना कोभिड अस्पतालमा र सात जना आइशोलेसनमा उपचाररत छन् । सबैभन्दा धेरै सक्रिय संक्रमित पालुङटारमा एक सय ८० जना र गोरखा नगरपालिकामा एक सय ६३ जना छन् । चार हजार सात सय ४७ जनाले दोस्रो लहरको कोरोना जितेका छन् ।




