| सोमवार, कार्तिक २३, २०८३

सिरानचोक च्याम्बर अफ कमर्श गठन


सिरानचोक च्यम्बर अफ कमर्श गठन गरिएको छ ।

आन्तरिक राजस्व कार्यालय गोरखाका प्रमुख सुशीलकुमार महतराको प्रमुख आतिथ्यता र गोरखा च्याम्बर अफ कमर्शका अध्यक्ष भाइचन्द्र श्रेष्ठ विशिष्ट अध्यक्ष रहेको व्यवसायीहरुको प्रथम भेलाले नयाँ कार्यसमिति चयन गरेको हो ।


भेलाले अनील कुमालको अध्यक्षतामा सिरानचोक च्याम्बर अफ कमर्श गठन गरेको छ । समितिको उपाध्यक्षमा सुशील अधिकारी, सचिवमा प्रताप ढकाल, सहसचिवमा ज्ञानेन्द्र सुवेदी र कोषाध्यक्षमा कोमल कुमारी श्रेष्ठ चयन भएका छन् ।


त्यस्तै सदस्यहरुमा दीपक श्रेष्ठ, सुन्तली कुमाल, रामचन्द्र कुमाल, अञ्जु भट्ट, हासबहादुर तामाङ, शिव ढकाल रहेका छन् ।


सो अवसरमा प्रमुख अतिथि राजस्व कार्यालय प्रमुख सुशीलकुमार महतरा, गोरखा च्याम्बरका अध्यक्ष भाइचन्द्र श्रेष्ठ, महासचिव रामस्वरुप श्रेष्ठ, छेपेटार च्याम्बरका अध्यक्ष कोमलनारायण श्रेष्ठ, ओमन च्याम्बरकी अध्यक्ष ज्ञानु अधिकारी र गाउँ कार्यपालिका सदस्य शान्ति कुमालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्