
गोरखामा कोरोना संक्रमण दर निरन्तर उकालो, शनिबार एकैदिन १०९ संक्रमित थपिए
बिगत केही दिनदेखि गोरखामा कोरोना संक्रमण दर निरन्तर उकालो लाग्ने क्रममा छ ।
गण्डकी प्रदेशका ११ जिल्लामध्य कास्कीपछिको दोस्रो उच्च संक्रमण दर उच्च रहेको जिल्लामा गोरखा बनिरहेको छ ।
शनिबार पनि गोरखामा १०९ जना संक्रमित थपिएका छन् । कास्कीमा शनिबार १८३ जना संक्रमित थपिएका छन् ।
शनिबार गोरखामा गरिएको एण्टिजेन परीक्षणमा ४१ जना संक्रमित थपिएका प्रदेश जनस्वास्थ्य निर्देशनलय पोखराले जनाएको छ ।
शनिबार गण्डकी प्रदेशभित्र ५७३ जना संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यू भएको छ ।




