
एमसीसीको बिरोध गर्दै गोरखाका राजावादी
गोरखा सदरमुकाममा राजासंस्थाका समर्थकहरुले एमसिसिको विरुद्धमा प्रदर्शन गरेका छन् । शनिबार बिहान ११ बजे राष्ट्रिय शक्ति नेपालको ब्यानरमा बिरोध प्रदर्शन गरिएको हो ।
बिरोध ¥यालीमा सहभागीहरुले एमसीसी राष्ट्रघाती हो भन्दै यो सम्झौता कुनै हालतमा पारित गर्न नहुने नारा लगाएका थिए ।
प्रर्दशनमा सहभागीहरुले एमसीसी खारेज गर, राजा आऊ देश बचाऊ, हिन्दु सनातन वैदिक राष्ट्र कायम गर लगायतका नारा लगाएका थिए ।
सदरमुकामको रंगशाला गेटबाट निकालिएको बिरोध जुलुस हरमटारी चोक, लोकतान्त्रिक चोक, जिबिसचोक, शक्तिचोक हुँदै पुरानो बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बस्न्यात लगायतका नेताहरुले धारणा राखेका थिए ।




