| सोमवार, कार्तिक २३, २०८३

बाँदर धपाउन गएका केरौँजाका पुरुष २४ घण्टापछि मृत भेटिए


मकैबारीको बाँदर धपाउन गएका धार्चे २ लामावेशीका पुरुष २४ घण्टापछि शुक्रबार मृत अबस्थामा भेटिएका छन् ।

बिहिबार बिहान आठबजे बारीमा गएका स्थानीय ३७ बर्षका काले गुरुङ शुक्रबार बिहान सवा नौ बजे केरौँजाको थाप्चेखोलामा मृत अबस्थामा भेटिएका प्रहरीले जनाएको छ ।


बिहान घरबाट गएका उनी साँझसम्म नफर्केपछि परिबारजनले खोजीका लागि प्रहरीचौकी माछाखोलामा खबर गरेका थिए । स्थानीयबासी र प्रहरीको संयुक्त खोजतलासको क्रममा करिब १५० मिटर तल खोल्सामा मृत अबस्थामा भेटिएका डिएसपी प्रकाश दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्