| सोमवार, कार्तिक २३, २०८३

भेरोसिल खोपको दोस्रो मात्रा साउन २२ र २३ गते लगाइने

चिनियाँ भेरोसिल खोपको दोस्रो मात्रा आउँदो साउन २२ र २३ गते लगाइने भएको छ । गत असार २४ गतेदेखि साउन १ गतेसम्म पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा लगाउनका लागि गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले दुईदिने समय तथा स्थानको तालिका सार्वजनिक गरेको छ ।
शाखाले साउन २२ र २३ गते गते शुक्रबार र शनिबार वडा नं. ६ का लागि गोरखा अस्पताल र रानीपोखरी परिसरमा लगाउने भएको छ । त्यस्तै वडा नं. ५ का लागि पस्लाङ सहरी स्वास्थ्य केन्द्रमा, वडा नं. ७ का लागि डण्डीडाँडाको स्वास्थ्य संस्थामा, वडा नं. ८ का लागि रानीस्वाँरा स्वास्थ्य संस्था आहालेमा, वडा नं. ९ का लागि सहरी स्वास्थ्यकेन्द्रमा खोप लगाइने भएको छ ।
त्यस्तै वडा नं. १० का लागि छेपेटार सहरी स्वास्थ्य केन्द्रमा, वडा नं. ११ का लागि आधारभूत स्वास्थ्य केन्द्र मैनधारामा, वडा नं. १२ का लागि तारानगर स्वास्थ्य चौकीमा खोप लगाइने भएको छ । त्यस्तै वडा नं. ३ का लागि नारेश्वर स्वास्थ्यचौकीमा, वडा नं. ४ का लागि फिनाम स्वास्थ्यचौकीमा, वडा नं. २ का लागि कोखेआहाले सहरी स्वास्थ्य केन्द्रमा, वडा नं. १ का लागि ताप्ले स्वास्थ्यचौकीमा, वडा नं. १३ का लागि सिम्ले सामुदायिक स्वास्थ्य इकाइमा र वडा नं. १४ का लागि देउराली स्वास्थ्यचौकीमा खोप लगाइने शाखाका निश्चल अर्यालले जानकारी दिए ।
यसपटकको खोप पहिलो मात्रा लगाइसकेका शिक्षक, कर्मचारी, प्रहरी, यातायात मजदुर तथा व्यवसायीलाई लगाइने अर्यालले जनाए । पर्याप्त मात्रामा खोप आएकाले बिहान ११ बजेदेखि हतार नगरी लाइनमा बसेर खोप लगाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्