| सोमवार, कार्तिक २३, २०८३

पारपाचुकेका झगडिया यसबर्ष तीनबर्षकै धेरै

नयाँ मुलुकी संहितामा लोग्नेले पनि सम्बन्ध विच्छेद(पारपाचुके) गर्न पाउने व्यवस्था भएपछि अदालतमा सबैभन्दा धेरै पारपाचुकेका झगडिया आउने गरेका छन् । दैनिक तीनवटासम्म पारपाचुकेका मुद्धा फैसला गर्नुपरेको अदालतले जनाएको छ ।
यसबर्ष तीनसय ५१ वटा पारपाचुकेका मुद्धा रहेकामा दुईसय ५२ वटा फैसला भइसकेका छन् ।

९९ वटा अझै फैसला गर्न बाँकी रहेको जिल्ला न्यायधिश दिनवन्धु बराल बताउँछन् ।
यसअघि गत आर्थिक बर्ष २०७६÷०७७ मा दुईसय ८९ वटा मुद्धा थिए, जसमध्य एकसय ३६ फैसला भएका छन् । एकसय ५३ मुद्धा फैसला हुन बाँकी थिए । त्यसअघि आर्थिक बर्ष २०७५÷०७६ मा दुईसय ९७ मुद्धा दर्ता भएका थिए ।

एकसय ८१ वटा मुद्धा फैसला भएका थिए भने एकसय १६ वटा बाँकी थिए ।
विशेषगरी वैदेशिक रोजगारीमा गएका दम्पत्तिको सम्बन्ध विच्छेदको मुद्धा आउने गरेको न्यायधीश बरालले बताए ।

प्रतिक्रिया दिनुहोस्