| सोमवार, कार्तिक २३, २०८३

मध्यपहाडी लोकमार्गको गोरखा खण्डको काम कछुवा गतिमा

गोरखामा मध्यपहाडी लोकमार्गको काम कछुवा गतिमा छ । सातवर्ष देखि सुरु भएको सडक स्तरोन्ततिको काम अझै सकिएको छैन ।
चारवटा प्याकेजमा ठेक्का लागेको गोरखाको ६३ दशमलव ३७ किलोमिटर सडकखण्डमध्ये आरुघाट(ओख्ले खण्डको १३ किलोमिटर र ओख्ले(खहरे १६ किलोमिटर २०७१÷७२ बाट निर्माण सुरु भएको हो ।

आरुघाट(ओख्ले सडकमा ८० प्रतिशत काम भएको छ भने खहरे सम्म ५५ प्रतिशत मात्रै काम भएको मध्यपहाडी लोकमार्ग गोरखास्थित आयोजना कार्यालयका सुचना अधिकारी गोबिन्दप्रसाद श्रेष्ठले बताए । ‘यो दुईवटा प्याकेज ‘क्रोनिक’ ठेक्का हो’ उनले भने ‘भुकम्पले केही समय प्रभावित भयो, अहिले काम चलिरहेको छ ।’
खहरे–मसानेठाँटीको १२ दशमलव पाँच किलोमिटरको २१ प्रतिशत र मसानेठाँटी(ठाँटीपोखरी सडकको १२ प्रतिशत मात्र प्रगति भएको छ । यो दुबै २०७६÷७७ बाट सुरु भएको योजना हो ।

‘आरुघाट क्षेत्रको चार किलोमिटर डुबानमा पर्ने भएकाले पहिले काम भएन’, सुचना अधिकारी श्रेष्ठले भने, ‘अहिले उक्त खण्डमा पनि काम भइरहेको छ ।’
गोरखामा निबेलस्थित जराङखोलामा पक्की पुल बन्दैछ । उक्तपुलको प्रगति ९२ प्रतिशत सम्पन्न भएको छ । पालुङटारबाट चेपेतर्फको सडक खण्डमा पर्ने गोहोरेखोला पुलको प्रगति ७२ प्रतिशत छ भने सिर्दी खोला पुल सम्पन्न भईरहेको छ । २०७५ पुसदेखि गोरखाको पालुङटारमा कार्यालय रहेर मध्यपहाडीले गोरखा, नुवाकोट, धादिङ र लमजुङ जिल्लाको मध्येहाडी क्षेत्र पर्ने सडक हेर्दै आएको छ । दुई सय ३३ किलोमिटर सडक मध्यपहाडी अन्तर्गत यी जिल्लामा पर्छन् ।

१२ वटा पक्कीपुल निर्माण भईसकेको छ भने चार वटा निर्माणको क्रममा रहेको छ ।
गोरखामा ६३ दशमलव ३७ प्रतिशत सडक मध्यपहाडी लोकमार्गमा पर्छ । सडकको दुईअर्व एकलाख १७ हजार रुपैयाँमा ठेक्का भएको हो । सडकको ट्रयाक र बिस्तार ५५ किलोमिटर, ग्राबेल ४१, बेस बिछ्याईएको २२ र कालोपत्रे १० किलोमिटर सडकमा भएको सुचना अधिकारी गोबिन्दप्रसाद श्रेष्ठले बताए । ‘गोरखाभित्रको सबै पोजेक्टको प्रगति ४७ प्रतिशत छ’, उनले भने, ‘आर्थिक वर्ष २०७७÷७८ को भने ९२ प्रतिशत बित्तिय प्रगति छ ।’
११ वटा पुल नुवाकोटमा सम्पन्न भएको छ । सडकमा भने गोरखामा प्रगति धेरै भएको उनले बताए । धादिङ तर्फ ठेक्का नै लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्