| सोमवार, कार्तिक २३, २०८३

गोरखा अस्पतालमा एकैदिन ४५ जना ज्वरोका बिरामी

गोरखा अस्पतालमा २४ घण्टामा ४५ जना ज्वरोका बिरामी जाँच गराउन आएका छन्।

मंगलवार ४५जनाको ऐन्टिजेन जाँच गर्दा १५ जनामा कोरोना पोजेटिभ देखिएको गोरखा अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए । तीमध्ये पुरुष १२ र महिला तीन जना छन् ।
केहीदिन यता फिवर क्लिनिकमा जाँच गराउन आउनेको संख्या ह्वातै बढेको छ । ‘२० देखि ३० जना फिवरका बिरामी आउनुहुन्थ्यो’, सुचना अधिकारी ढकालले भने ‘अहिले ४० भन्दाबढि आउन थाल्नुभएको छ, बिरामीको चाप बढेको छ ।’ अहिले अस्पतालमा छ जना पुरुष र एक जना महिला भर्ना भएर उपचार गराईरहेका छन् ।
सोमवार गोरखा अस्पतालमा १२ जनाको एन्टिजेन पोजेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस्