| सोमवार, कार्तिक २३, २०८३

गोरखामा मास्क नलगाउने २१ जनालाई जनही सय रुपैयाँ जरिवाना

जिल्ला प्रहरी कार्यालय गोरखाले मास्क नलगाउने २१ जनालाई जनही एक सय रुपैयाँ जरिवाना गरेको छ ।

कोरोना संक्रमण दर बढ्दै जाँदा स्वास्थ्य सुरक्षाको मापदण्ड पलाना नगरी हिँडेकालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।
पैदल यात्रु, ब्यवशायी, सवारी चालक, मजदुर र यात्रु कारवाहीमा परेको प्रहरीले जनाएको छ । यस्तै गोरखा प्रहरीले जिल्लाका बिभिन्न २३ ठाउँमा ‘तपाईको मास्क खै ?’ भन्ने अभियान पनि संचालन गरेको छ । कतिपय ठाउँमा मास्क नलगाएकालाई सम्झाई बुझाई गरी मास्क समेत बितरण गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्