| सोमवार, कार्तिक २३, २०८३

गोरखामा १७ हजारले कोरोना खोप लगाए, ४९ हजार दोस्रो डोजको पर्खाइमा

गोरखामा अहिलेसम्म १७ हजार जनाले कोभिड १९ (कोरोना भाईरस) बिरुद्धको खोपको मात्रा पूरा गरेका छन् । उनीहरुमध्य ४९ हजार जनाले दोस्रो मात्रा पर्खि रहेका छन् ।
६६ हजार सात सय ८१ जनाले पहिलो मात्राको खोप पाएका र १७ हजार छ सय ९७ जनाले पूर्ण खोप पाइसकेको स्वास्थ्य कार्यालयका कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले जानकारी दिए ।

जिल्लाभित्र ५० वर्ष माथिका ४२ प्रतिशतले पहिलो चरणको खोप पाएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
गोरखामा कोभिसिल्ड, भेरोसिल्ड र जोनसोन गरी जम्मा तीन किसिमको खोप चलाइएको छ । तीमध्य कोभिसिल्ड २४ हजार दुईसय डोज आएकोमा २३ हजार नौसय २० डोज प्रयोग भइसकेको छ ।

भेरोसिल्डड ४५ हजार छ सय ८९ डोज आएकोमा ३९ हजार आठ सय ४८ प्रयोग भइसकेको छ । जोनसोन १० हजार तीन सय ७० आएको खत्रीले बताए । जोनसोन खोप ५० वर्ष उमेरदेखि ५४ वर्ष उमेर समुहलाई, भेरोसिल्ड र कोभिसिल्ड भने ५५ वर्ष माथिका समुहलाई लगाइएको उनले बताए ।
पहिलो चरणको खोप लगाएर सबै ठाउँमा बुधबारसम्म सकिने र लगत्तै दोश्रो चरणको खोप लगाउन सुरु गर्ने योजना रहेको खत्रीले जानकारी दिए ।

मौसम राम्रो भयो अथवा ढुवानीमा समस्या नभए दोश्रो चरण खोप १५ दिनमा लगाएर सकिने छ उनले बताए ।
पहिलो चरणमा जुन खोप दियो दोश्रो चरणमा पनि सोहि खोप दिनुपर्ने हुन्छ । ४९ हजार ४४८ जनालाई दोश्रो चरणको खोप दिन बाँकी छ । सो मध्ये १५ हजार ९३९ जनालाई कोभिसिल्डको दोस्रो डोज दिइन्छ भने ३३ हजार ५०९ जनालाई भेरोसिल्डको दोश्रो चरणको खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्