| सोमवार, कार्तिक २३, २०८३

असल छिमेकी नेपालद्वारा बोर्लाङ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

असल छिमेकी नेपालले बोर्लाङ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । अक्सिजन कन्टसनट्रेटर, वेड, प्सल अक्सिमिटर, सेनिटाईजर, अटोस्कोप, अटोक्लेभ, ट्रली, बिपी सेट, स्टेचर लगायतका सामग्री सोमवार प्राप्त भएको स्वास्थ्य चौकीका प्रमुख चण्डिका भट्टले बताए ।

असल छिमेकी नेपालका निर्देशक राजु अधिकारीले स्वास्थ्य चौकी ब्यवस्थापन समितिका पदाधिकारीलाई उक्त सामग्री प्रदान गरेका स्वास्थ्य चौकी प्रमुख भट्टले जानकारी दिए । कोरोना भाईरसको दोस्रो चरणमा पनि असल छिमेकीले कोभिड रेस्पोन्स अन्र्तगत बिभिन्न स्वास्थ्य संस्थामा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्