| सोमवार, कार्तिक २३, २०८३

सौरपानी निसेपको चार घर पहिरोले लग्यो फुञ्चोकमा एक घर बिस्थापित

लगातारको बर्षापछिको पहिरोले बारपाक सुलीकोट गाउँपालिका ४ निसेपको चार घर पहिरोले बगाएको छ । गत शनिबार साँझ पाँचबजेतिरको पहिरोले स्थानीय अशोक खड्का, टोपबहादुर खड्का, मनबहादुर बगाले, चन्द्रमाया बगालेको घर लगेको स्थानीय वुद्धिबहादुर तामाङले जानकारी दिए ।


‘निसेपको वनबाट झरेको पहिरोले चारवटा घर बगाएको छ’, उनले भने, ‘चार घरका करिब २५ जना परिबार कोही छिमेकीको घरमा सरेर बसेका छन्, कोही सिम्जुङतिर सरेका छन् ।’ पहिरो अहिलेसम्म पनि झरिरहेको उनले बताए ।


त्यस्तै बारपाक सुलीकोट ४ फुञ्चोकको एक घरमा लेदो पसेपछि परिबार बिस्थापित भएका छन् । स्थानीय कुमारी गुरुङको चार जनाको परिबारलाई नजिकैको गोठमा पुनस्थापित गराएको प्रहरीचौकी सौरपानीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्