| सोमवार, कार्तिक २३, २०८३

ठेलुवासंघ गोरखाद्वारा पृथ्बी नारायण साना-सहरी खानेपानी कार्यलयलाइ ज्ञापनपत्र

ठेलुवासंघ गोरखाद्वारा गोरखा नगरपालिका वडा नं ६ मा रहेको पृथ्वी नारायण साना-सहरी खानेपानी कार्यलयलाई आइतबार ज्ञापनपत्र बुझाएका छन् । खानेपानीको सञ्चालनमा नियमितता तथा व्यवस्थापनको माग राखी संघले ज्ञापनपत्र बुझाएको हो ।


‘बिगतको दिन देखी यसले जति गर्नु पर्ने हो राम्रो ब्यबस्थापन गरि सन्चालनमा ल्याउन सकेको छैन, हाल भइ रहेको ब्यबस्थापन पनी केहि दिन देखी पुणर् रुपमा खानेपानी बितरण बन्द रहेको छ यसको कारणले नगरबासीहरुले दैनिकी जिवनमा ठुलो समस्या भोग्नु परेको छ । यसै बिषय लाई लिएर यस समस्या बुझ्न र समधान गर्नेको लागी खानेपानीको कार्यलयमा ज्ञापनपत्र बुझाएका हौ ।’ ठेलुवा संघ गोरखाका अध्यक्ष निराजन कट्टेलले बताए ।


वृहत सार्वजनीक सुनुवाई कार्यक्रम आयोजना गर्ने, पानीको महसुल सर्वसाधरणको पहुच भन्दा बाहिर भएकोले महसुल समायोजन गर्ने, समयमै साधारणसभा गर्ने, कुनै कारणवस खानेपानी अवरुद्ध भएमा पूर्व सूचना दिने र जनताको गुनासो लाई मध्यनजर गर्दै छिटो छरिदो कार्यन्वन गर्ने, गरि जम्मा पाँच वटा बुदाँ ध्यानाकर्षण गराउदै उक्त ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्