
सडक छेउको खाल्डोमा डुबेर च्याङ्लीमा १३ वर्षिय बालिकाको ज्यान गयो
ग्राभेल झिक्दा बनेको खाल्डोमा पौडी खेल्दा गोरखामा एक बालिकाको डुबेर मृत्यू भएको छ ।
पालुङटार नगरपालिका ६ लामाटारीको सडक छेउमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर १३ बर्षकी बालिकाको ज्यान गएको प्रहरीले जनाएको छ ।
स्थानीय खहरे खोलाबाट ग्राबेल निकाल्दा बनेको खाल्डोमा पौडी खेल्ने क्रममा आइतवार दिउँसो आशा तामाङको मृत्यू भएको प्रहरीले जनाएको छ । जमेको पानीमा पौडीखेल्दा बालिकाको घटनास्थलमै मृत्यू भएको डिएसपी प्रकाश दाहालले बताए ।
त्यहाँ ह्युमपाईप थुनिँदा पानी जमेको स्थानीयले बताएका छन् । बाख्रा गोठालो गएकी तामाङ पौडी खेल्दा तालिएको पानीमा डुबेकी हुन् ।




