
गोरखामा कोरोना सक्रमण दर बढ्यो,सक्रिय संक्रमित पाँच सय २६
गोरखामा कोरोना संक्रमण दर दिनदिनै बढ्दो छ । संक्रमण दर अहिले गोरखामा ४२ प्रतिशत भन्दाबढि छ ।
शनिवार गोरखामा कोरोनाका सक्रिया संक्रमितको संख्या पाँच सय २६ रहेको स्वास्थ्य कार्यालयको सुचना अधिकारी नबराज खड्काले बताए । ‘केही दिन यता संक्रमण दर बढ्दो क्रममा देखिएको छ’ उनले भने ‘यसले अझै पनि संक्रमण समुदायबाट हटेको छैन, कम भएको छैन भन्ने देखाउँछ ।’ अहिले स्थानीय तहहरुले चेकजाँचलाई पनि तिब्रता दिएका छन् ।
संक्रमित मध्ये १० जना कोभिड अस्पतालमा उपचाररत छन् । अझै एक सय २९ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
संक्रमित सबैभन्दा धेरै पालुङटार नगरपालिकामा एक सय ३० जना रहेका छन् । आरुघाट गाउँपालिका भित्र ९४, गोरखा नगरपालिकामा ८९, भिमसेन थापामा ८१, शहीदलखन ६२, सिरानचोक ४६ जना रहेका छन् । गण्डकी गाउँपालिकामा १५, अजिरकोटमा ८, धार्चे गाउँपालिकामा एक जना सक्रिय संक्रमित छन् ।
बारपाक सुलिकोट गाउँपालिका र चुमनुब्री गाउँपालिकामा भने सक्रिय संक्रमित नरहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले बताए । अहिले सम्म चार हजार चार सय ६६ जनाले कोरोना जितेका छन् ।




