
गोरखा अदालतले फरार रहेकाबाट रु १४ करोड ८५ लाख असुल्न बाँकी
गोरखा जिल्ला अदालतले मुद्धा फैसला भएर फरार रहेका बिभिन्न मुद्धाका अभियुक्तहरुबाट १४ करोड ८५ लाख असुलउपर गर्न बाँकी छ । जिल्ला अन्याधिश दिनबन्ध बरालका अनुसार१७ करोड सात लाख रहेको जरिवाना रकम आर्थिक वर्ष २०७७÷७८ मा दुई करोड २० लाख वर्षमा फस्र्यौट भएको हो ।
बैकिङ कसुरको ठगिको एउटै मुद्धाको १० करोड भन्दाबढि रहेको र बाँकी अन्य मुद्धाहरुको रकम रहेको अदालतले जनाएको छ । कैद सजायाँ पनि पाँच सय १२ वर्ष चार महिना एक दिन भुक्तान हुन बाँकी छ । मुद्ध फैसला भएपछि अभियुक्तहरु फरार हुने, सम्पर्कमा नआउने हुँदा फैसला कार्यन्वयन कमजोर हुने गरेको छ ।
‘हामीले प्रहरीलाई पटक–पटक अभियुक्तहरुको खोजीकालगि भनिरहेका हुन्छौँ’ न्यायाधिश बरालले भने । आर्थिक वर्ष २०७७÷७८ मा दुई सय १९वर्ष १० महिना १८ दिन जेल सजाया भुक्तान भएको छ ।




