| सोमवार, कार्तिक २३, २०८३

गोरखा अस्पतालमा कोभिडका बिरामीको संख्या बढ्दै

गोरखा अस्पतालमा दिनानुदिन कोरोनाका बिरामी बढ्दैछन् । कोभिड १९ का बिरामी कुनैदिन भर्ना दर सुन्य भएकोमा अहिले दैनिक पाँच जना भन्दा धेरै हुने गरेको अस्पतालले जानकारी दिएको छ ।
बिगत एक सातायता दैनिक फिभरका बिरामी दोब्बर बढेको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । ‘गत सातगतेदेखि आजसम्म फिभर क्लिनिकमा उपचार गराएका बिरामीको तथ्यांक हेर्दा दोब्बर बढिरहेको देखिन्छ’, उनी भन्छन्, ‘सात गते १३ जना बिरामीले उपचार गराएका थिए । आठगते १४ जना, १० गते १५ जना ११ गते ११ जना, १२ जना ३१ जना र १३ गते मध्यान्नसम्म २० जना फिभरका बिरामीले उपचार गराएका छन् ।’
उनीहरुमध्य कोरोना पोजेटिभ देखिने, अस्पताल भर्ना भएर उपचार गराउनेको संख्या पनि बढिरहेका छन्’, उनले भने, ‘बिगत दुई दिन यता सुन्यबाट पाँचजना, छ जनासम्म कोरोना पोजेटिभका बिरामी उपचार गराउन आउने गरेका छन् ।’ बुधबार अस्पतालमा पाँचजना कोभिडका बिरामी उपचाररत रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्