| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा नगरपालिकाद्वारा कुमाल जातीलाई पोसाक वितरण

गोरखा नगरपालिका वडा नं ३ मा बसोबास गर्दै आएका कुमाल जातीका स्थानियहरुलाई पोसाक बितरण गरिएको छ । ४३ जनालाई मंगलवार एक कार्यक्रमका बिच नगरउपप्रमुख बिनाकुमारी श्रेष्ठले पोषाक वितरण गरेकी हुन् ।
उपप्रमुख सबल नेतृत्व विकास कार्यक्रम अन्तर्गत कुमाल जातीको भेषभुषा संरक्षणको लागी उक्त पोषाक वितरण गरिएको गोरखा नगरपालिका सामाजिक विकास शाखा प्रमुख विजयभक्त उपाध्यायले जानकारी दिए ।
६७ घरधुरी रहेका कुमाल समुदायमा बाँकी घरधुरीलाई पनि छिट्टै पोसाक उपलबध गराउने उपप्रमुख श्रेष्ठले बताईन । कुमाल जातिको भेषभुसा झल्कने खालको पटुका, पछ्यौरा, चौबन्दी चोलो, घलेक बितरण गरिएको थियो । कार्यक्रममा वडा नं. ३ का वडा सदस्य शम्भु थापा र उजेली कुमाल लगायतले धाराणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्