
गाडी तोडफोडको घटनामा फरार रहेका गुरुङ पक्राउ
२०७३ असार १३ गते भिमसेन थापा गाउँपालिका १ घ्याम्पेशालमा गाडी तोडफोड भएको घटनामा संलग्न भई फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालयबाट सार्वजनीक अपराध अन्र्तगत एक महिना कैद र एक लाख २७ हजार पाँच सय जरिवाना तोकिएका बारपाक सुलिकोट ८ का ४६ वर्षिय चुर्णबहादुर गुरुङलाई पक्राउ गरिएको डिएसपी प्रकाश दाहालले बताए । उनलाई सजाया भुक्तानका लागि जिल्ला प्रशासन कार्यालय पठाइएको उनले बताए ।




