
मापसे गरेर चलाइएका दुईसय नौजना सवारी चालक कारबाहीमा
गोरखामा बिगत तीनबर्षको अवधिमा मादक पदार्थ सेवन गरी हाँकेका दुईसय नौजना सवारीधनीलाई कारबाही गरिएको छ । मापसे गरेर सवारी चलाउनेमा सबैभन्दा धेरै मोटरसाइकल चालक रहेको जिल्ला टूाफिक प्रहरी कार्यालयले तयार पारेको विश्लेषणको निश्कर्ष छ ।
यो अवधिमा एकसय ५९ जना मोटरसाइकल चालकलाई मापसे कारबाही गरिएको जिल्ला टूाफिक प्रहरी प्रमुख सई मित्रलाल ढकालले जानकारी दिए । उनका अनुसार तीनबर्षको अवधिमा मापसे गरेर कारजीप चलाउने २८ जना चालक कारबाहीमा परेका छन् । तीनबर्षे सवारी कारबाहीको विश्लेषण गर्दा २०७५÷०७६ मा मापसे गरेर चलाइएका ७५ वटा सवारीका चालकलाई कारबाही गरिएको छ । त्यस्तै २०७६÷०७७ मा यस्तो प्रकृतिको कारबाही ८२ वटा सवारीका चालकलाई गरिएको छ । २०७७÷०७८मा मापसे गरेर चलाइएका ५२ वटा सवारीसाधनका चालकलाई कारबाही गरिएको मापसे गरी सवारी चलाउनेहरुबाट जरिबानास्वरुप दुईलाख नौ हजार रुपैयाँ राजस्व संकलन गरिएको उनले बताए ।




