
रोटरी क्लव अफ गोरखाद्वारा पाँचसय थान हाइजिन किट वितरण
कोरोना संक्रमण भई होम क्वारेण्टाइनमा बसेकाहरुलाई रोटरी क्लव अफ गोरखाले हाइजिन किट वितरण गरेको छ ।
गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, शहिदलखन गाउँपालिका, भीमसेनथापा गाउँपालिका र गण्डकी गाउँपालिकाका संक्रमितहरुलाई पाँचसय थान हाइजिन किट वितरण गरिएको हो ।
क्लबले बिहिबार गोरखा नगरपालिका र शहिद लखन गाउँपालिकालाई एकएकसय थान किट प्रदान गरेको छ । त्यस्तै सिरानचोक गाउँपालिकामा ७५ थान, पालुङ्टार नगरपालिका, गण्डकी र भीमसेनथापा गाउँपालिकाका संक्रमितहरुका लागि ५०–५० थान किट प्रदान गरिएको क्लवका संगमबाबु श्रेष्ठले जानकारी दिए ।




