| सोमवार, कार्तिक २३, २०८३

धुवाकोट मुलाबारीकी किशोरीको पोखरीमा डुबेर मृत्यू


पालुङ्टार नगरपालिका वडा नं. ८ (साबिक धुवाँकोट गाविस) मुलाबारीकी १३ बर्षकी ऋचा नेपालीको पोखरीमा डुबेर मृत्यू भएको छ ।


मंगलबार दिउसो साँढे दुई बजे आफ्नो रोपाई गरेर फर्कने क्रममा स्थानीय रनबहादुर गुरुङले खेतमा सिँचाइ गर्न निर्माण गरेको पोखरीमा डुबेर मृत्यू भएको प्रहरीले जनाएको छ ।


‘रोपाईँ सकेर घर फर्कने क्रममा स्थानीय रनबहादुर गुरुङले खेतमा सिँचाइ गर्न निर्माण गरेको पोखरीमा हात खुट्टा धुन लाग्दा चिप्लेर लडी पोखरीमा परेर मृत्यू भएको हो’, प्रहरीले तयार गरेको प्रेस नोटमा उल्लेख छ, ‘मृतकको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम ल्याइएको छ ।’ प्रहरीले स्थानीय स्तरमा सम्पूर्ण मुचुल्का तयार गरी पोष्टमार्टम गर्न गोरखा अस्पतालमा ल्याएको जनाएको छ ।


साथै प्रहरीले बर्खाका बेला यस्ता अप्रिय भवितव्य घटना धेरै हुन सक्ने हुँदा आफ्ना बालबालिकालाई सचेत, सतर्क गराई र रेखदेख गर्न बचाउन अभिभावकहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्