| सोमवार, कार्तिक २३, २०८३

दुईदिनअघि हराएकी महिलाको शव भेटियो


बिगत दुई दिनदेखि हराइ रहेकी एक महिलाको शव मंगलबार भेटिएको छ ।

पालुङ्टार नगरपालिका वडा नं. २ (साबिक खोप्लाङ गाविस) तिलाहारकी ४८ बर्षीया सुकमाया मग्राती मंगलबार पौने तीन बजे दरौँदी किनारमा मृत अबस्थामा भेटिएकी प्रहरीले जनाएको छ ।


गत आइतबार तीनबजे घरबाट अनायास निस्केर हिडेकी र छेपेटार पुलसम्म स्थानीयबासीले देखेको भन्ने सूचनाको आधारमा स्थानीय बासी र प्रहरी सम्मिलित टोलीले खोजी गर्ने क्रममा मंगलबार दिउसो गोरखा नगरपालिका १२ हात्तिसार भन्ने ठाउँमा दरौँदी किनारमा मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ ।


उनको शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको प्रहरीले प्रकाशन गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्