| सोमवार, कार्तिक २३, २०८३

तनहुँको अकलादेवी मन्दिरमा तोडफोड, मुर्ति समेत चोरी

तनहुँको प्रसिद्ध धार्मिकस्थल म्याग्दे गाउँपालिकाको अकलादेवी मन्दिरबाट देवीको मुर्ति चोरी भएको छ । गएराती अज्ञात समुहले मन्दिरको ढोकामा लगाइएको ताल्चा फोडी मुर्ति चोरेर लगेको मन्दिर विकास तथा व्यवस्थापन समितिका सचिव बसन्त थापाले जानकारी दिए । 

सचिव थापाको अनुसार मन्दिरमा रहेको गणेशको मुर्ति ,शंख ,घण्टी , तरबार लगायतका सामानहरु चोरी भएको छ । मन्दिरको गजुर भने सुरक्षित रहेको जनाइएको छ । विहान पुजारी मन्दिरमा दैनिक नित्यपुजाको लागि जाँदा मन्दिरमा मुर्ति चोरी भएको थाहा पाएका थिए । 

अहिले प्रहरी आएर घट्नाको विषयमा अनुसन्धान गरिरहेको थापाले बताए । थापाले हजारौ लाखौ भक्तजनले पुज्ने मन्दिरमा भएको यो किसिमको घट्ना अत्यन्त निन्दनीय र हिन्दुधर्ममाथिको प्रहार भएको बताएका छन् । 

उनले कोही शंकास्पद व्यक्ति वा समुह भेटिए तुरुन्त प्रहरीलाई खबर गरिदिन आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्