| सोमवार, कार्तिक २३, २०८३

साउन ७ सम्म चुमनुब्री बाहेकका पालिकामा १० हजार तीन सय ७० मात्रा जोनसन खोप लगाईने

गोरखामा प्राप्त एक डोज लगाए हुने जोनसन खोप साउन ७ गते भित्र जिल्लाका १० वटै पालिकामा लगाईने भएको छ । चुमनुब्रीमा १८ वर्ष उमेर माथिका सबैलाई भेरोसिल खोप लगाउने क्रम चलिरहेकाले अन्य १० वटा पालिकामा जोनसन खोप लगाईने भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार गोरखा नगरपालिकामा सोमवार खोप लगाईसकिएको छ । अहिले प्राप्त खोप ५० देखि ५४ वर्ष उमेर, क र ख बर्गको अपाङ्गता भएकालाई प्राथमिकतामा लगाईन्छ । पालुङटार नगरपालिका, आरुघाट गाउँपालिका, भीमसेन थापा गाउँपालिका, शहीदलखन र बारपाक सुलिकोट गाउँपालिकामा सोमवार खोप ढुवानी गरिएको स्वास्थ्य कार्यालयका कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले बताए ।

‘साउन ७ गते सम्म अहिले प्राप्त १० हजार तीन सय ७० मात्रा खोप सकिन्छ’ उनले भने ‘त्यसपछि पुन ४५ देखि ५० वर्ष उमेरका मानिसलाई खोप लगाउँछौँ ।’ खोप निरन्तर आउने र लगाउने क्रम पनि निरन्तर चलिरहने उनले बताए । यस अघिको चरण र अहिले जोनसन खोप लगाउन लक्षित बर्ग र तोकिएको उमेर समुहका ब्यक्ति नछुटेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्