| सोमवार, कार्तिक २३, २०८३

गोनपामा १४ सय १९ जनाले जोनसन खोप लगाए

गोरखा नगरपालिकामा १४ सय १९ जनाले कोरोना बिरुद्धको जोनसन एण्ड जोनसन खोप लगाएका छन् । ५० देखि ५४ वर्ष उमेरका ६ सय ७५ महिला र पाँच सय ९५ जना पुरुषले सोमवार खोप लगाएका छन् ।

यस्तै बैदेशिक रोजगारी जाने तयारीमा रहेका ९१ जना, अपाङ्गता भएका ५८ जनाले खोप लगाएका गोरखा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मीले बताए ।

स्वास्थ्य कार्यालयले उपलब्ध गराएको जोनसन खोप पाँच सय ९० थान बाँकी रहेको उनले बताए । ‘बाँकी रहेको खोप स्वास्थ्य कार्यालयले उमेर समुह तोकेर पठाएपछि लगाउनेछौँ’ उनले भने ।

वडा नम्बर १ देखि १४ सम्म सबै स्वास्थ्य संस्थामा सोमवार खोप कार्यक्रम चलेको थियोे । ५० देखि ५४ वर्ष उमेरका ब्यक्ति, क र ख बर्गका अपाङ्गता भएका ब्यक्तिलाई खोप लगाइएको थियो । खोप अभाव भएको भन्ने गुनासो सोमवार भने नआएको स्वास्थ्य शाखाका प्रमुख रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्