
गोरखामा आज ३७ जना कोरोना संक्रमित थपिए
गोरखामा सोमवार (आज) ३७ जना कोरोना संक्रमित थपिएका छन् । शहीदलखन गाउँपालिकामा १७ जना, भीमसेन थापा गाउँपालिकामा १२, आरुघाट गाउँपालिकामा छ जना र अजिरकोट गाउँपालिकामा दुई जना थपिएका स्वास्थ्य कार्यालयको सुचना अधिकारी नबराज खड्काले बताए ।




