| सोमवार, कार्तिक २३, २०८३

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृताअवस्थामा फेला

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृतावस्थामा फेला परेका छन् । ती मध्ये एउटा बुढो र अर्को बच्चा छन् । कसरा नजिकै राप्ती नदी किनारमा आइतबार दुई महिनाको गैँडा बच्चा मृतावस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो। उहाँले बाघको आक्रमणबाट मरेको हुनसक्ने बताउनुभयो ।
यसैगरी अमलटारी सेक्टर अन्तर्गत रतनपुर घाटमा अन्दाजी ३० वर्षको बुढो गैँडा मृतावस्थामा फेला परेको छ । नारायणी नदीका किनारमा बालुवामा गढेको अवस्थामा भाले गैँडा भेटिएको हो । ती गैँडाको खाग, खुर सुरक्षित रहेको जनाउँदै उहाँले दुबै प्राकृतिक कारणले मरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्