
लायन्स तथा लियोे क्लवद्वारा शक्ति माविमा वृक्षरोपण
लायन्स क्लव अफ गोरखाले गोरखा सदरमुकामको शक्ति माविमा वृक्षारोपण गरेको छ ।
बर्ष २०२१÷०२२ को कार्यतालिका अनुसार क्लवले लायन्स क्लव अफ गोरखा कालिका र लियो क्लव अफ गोरखासँगको समन्वयमा सोमबार विद्यालयको वगैँचामा वृक्षरोपण गरेको हो ।
विद्यालयको वगैँचामा आँप, लिची, एबोकार्डो, ड्रागन फ्रुट्स गरी एकसय ५० थान वृक्षरोपण गरिएको क्लवका अध्यक्ष चन्दनबाबु खत्रीले जानकारी दिए ।
क्लवका अध्यक्ष खत्रीको अध्यक्षतामा आयोजित वृक्षरोपण कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले गरेका थिए ।

सो अबसरमा मेयर पन्तले विरुवा हुर्काउन जोडदार आग्रह गरे । विरुवा हुर्काउन विद्यार्थीलाई जिम्मा दिने र राम्रोसँग विरुवा हुर्काउने विद्यार्थीलाई इनामको व्यवस्था गर्न क्लवलाई आग्रह गरे ।
विरुवा रोपिसकेपछि यसबाट उत्पादित फलले विद्यालयको आयस्रोत बढ्ने विश्वास उनले व्यक्त गरे ।
सो कार्यक्रमको लायन्स क्लव अफ गोरखा कालिकाकी अध्यक्ष मीनादेवी श्रेष्ठले समापन गरेकी थिइन् ।





