| सोमवार, कार्तिक २३, २०८३

रोम विधान अनुमोदनको माग गर्दै गोरखाबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र

रोम विधान अनुमोदनको माग गर्दै अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेक गोरखाले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।
नेपाल सरकारको तर्फबाट अन्तर्राष्ट्रिय फौजदारी अदालत (रोम विधान) अनुमोदन गरी अन्तर्राष्ट्रिय कानुनको सम्मान, प्रकट गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन ज्ञापन पत्र वुझाइएको हो । अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेक द्घारा गठीत मानव अधिकार संजालको संयोजक यदु अधिकारीले शनिवार प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललाई ज्ञापनपत्र वुझाएका थिए ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन १७ जुलाईको स्मरणमा संसारभर अन्तर्राष्ट्रिय न्याय दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान संसारका विभिन्न १ सय २२ राष्ट्रले अनुमोदन गरिसकेका छन् ।

नेपाल हालसम्म अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम विधानको पक्ष राष्ट्र भएको छैन । इन्सेक गोरखाले हरेक वर्ष रोम बिधान अनुमोदनको माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्