| सोमवार, कार्तिक २३, २०८३

मोबाइल र चप्पल छोडेर एक पुरुष सम्पर्कविहिन

बूढीगण्डी किनारमा मोबाइल र चप्पल छोडेर गोरखाको एक पुरुष बेपत्ता भएका छन् ।

आरुघाट गाउँपालिका वडा नम्बर ३ सोतीबजारका ४५ वर्षका भूबहादुर थापा शनिवार दिउँसोदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको श्रीमतीले श्रीमान बेपत्ता भएको भन्दै खोजिदिन गोरखा प्रहरीमा निवेदन दिएको र खोजी भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्