
चुमनुब्री ३ घट्टेखोलामा काठेपुलबाट खस्दा एक युबक बेपत्ता
गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३ घट्टेखोला स्थित ठाडोखोलामा रहेको काठेपुलबाट खस्दा एक पुरुष बेपत्ता भएका छन् ।
शुक्रबार साँझ ठाडोखोला माथिको पुल तर्ने क्रममा सोही ठाउँका ३० वर्षीय विजय गुरुङ बेपत्ता भएको प्रहरीले जनाएको छ ।
उनी दिदिको घरबाट फर्कने क्रममा बेपत्ता भएका थिए । शनिवार विहान मात्र गुरुङ बेपत्ता भएको खबर पाएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।




