
अमेरिका बस्ने रामलक्ष्मी गुरुङद्वारा मानव सेवा आश्रम गोरखालाई खाद्यान्न सहयोग
अमेरिका बस्ने रामलक्ष्मी गुरुङले गोरखा स्थित मानव सेवा आश्रमलाई ४५ हजार रुपैयाँ बरावरको खाद्यान्न सहयोग गरेकी छिन् ।
आफ्ना बुबा स्वर्गिय कर्णबहादुर गुरुङको सम्झनामा उनले चामल, आलु, तेल लगायतका खाद्यान्न गोरखामा रहेको आफन्त गोबिन्द गुरुङ मार्फत आश्रमलाई शुक्रवार उपलब्ध गराएकी हुन् ।
गत वर्ष पनि उनले आश्रमलाई ६५ हजार बरावरको खाद्यान्न सहयोग गरेकी थिईन । आश्रमलाई अझै निरन्तर सहयोग गर्ने रामलक्ष्मी गुरुङले बताईन ।
पाँच वर्ष अघि देखि गोरखामा संचालित आश्रम सरकारी, गैरसरकारी र ब्यक्तिहरुको सहयोगबाट संचालन भईरहेको आश्रमका अविभाबक सित्तलकाजी मास्केले बताए । अहिले आश्रममा ४३ जना बालवालिका र पाँच जना आमाहरु रहेको आश्रमकी गोरखा शाखा संयोजक मुना लामाले बताईन ।




