
गण्डकी प्रदेशका मुख्यमन्त्री सहित मन्त्रिहरु स्वास्थ्य सामग्री लिएर उत्तरी गोरखामा
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली मन्त्रीहरु सहित तिब्बत सँग सिमाना जोडिएको उत्तरी गोरखा पुगेका छन् । स्वास्थ्यमन्त्री मधुमाया गुरुङ, उर्जामन्त्री हरिशरण आचार्य र प्रमुख सचिव डाक्टर दामोदर रेग्मी माउन्टेन एयरको हेलिकप्टरबाट उत्तरी गोरखा पुगेका हुन् ।
गोरखा सदरमुकामबाट माउन्टेन चाईल्ड नामक संस्थाले उत्तरी गोरखामा कोरोना बिरुद्धको खोप ढुवानी गर्ने र प्रदेशबाट थप स्वास्थ्य सामग्री सहित मूख्यमन्त्री, मन्त्रीहरु जाने कार्यक्रम तय भएको मुख्यमन्त्रीका प्रेस सल्हाकार भरत कोईरालाले बताए ।
मौसम प्रतिकुल भएका कारण गोरखाबाट खोप लिएर जाने हेलिकप्टर भने गएको छैन । मुख्यमन्त्री सहित मन्त्रिहरु चुमनुब्री गाउँपालिका ७ छेक्पार, वडा नम्बर २ ल्हो र वडा नम्बर ३ जगत पुगेका छन् । सामागाउँ जाने कार्यक्रम रहेको तर मौसम प्रतिकुल भएकाले पुग्न नसकिएको प्रेस सल्हाकार कोईरालाले बताए । खोप ढुवानी गर्ने हेलिकप्टर ढिलो हुने भएपछि मन्त्रीहरु आफुले लगेको स्वास्थ्य सामग्री बितरण गरेर फर्कने तयारी छ ।




