| सोमवार, कार्तिक २३, २०८३

यो वर्ष गोरखाका ३१ महिला स्वयमसेविकाको बिदाई

गोरखाका ३१ जना महिला स्वास्थ्य स्वयम शेविकाको बिदाई गरिएको छ । स्वास्थ्य कार्यालय गोरखाले राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमशेविका कार्यक्रम अन्र्तगत उनीहरुलाई बिदाई गरेको स्वास्थ्य कार्यालयका परिवार नियोजना सुपरभाईजर बिरबहादुर श्रेष्ठले बताए ।
उमेरहदका कारण ६० वर्ष नाघेका र स्वयम शेविका भएर काम गर्दै गर्दा मृत्यू भएकाहरुको बिदाई भएको हो ।

हरेकलाई दोसल्ला सहित नगद २० हजार प्रदान गरिएको श्रेष्ठले बताए ।
गोरखाको गण्डकी गाउँपालिका बाहेक अन्य सबै पालिकामा एक देखि छ जना स्वास्थ्य स्वयम शेविका बिदाई भए । भिमसेन थापा ६ कि एक स्वयमसेविकाको मृत्यू भएको र अन्य ३० जना उमेरहदका कारण बिदाई भएका हुन् । बिदाई भए लगत्तै स्वास्थ्य आमा समुहको बैठकले नयाँ राख्ने निर्णय गर्नेछ ।

बिदाई भएका सबै ठाउँमा नयाँ स्वयमसेविका राखिसकिएको छ । नयाँ आउनुभएकालाई आउँदो वर्ष तालिम दिने तयारी कार्यालयको छ । गोरखामा छ सय २४ जना महिला स्वास्थ्य स्वयमसेविका रहेको सुचना अधिकारी नबराज खड्काले बताए ।
स्वास्थ्य कार्यालयले आर्थिक वर्ष २०७७÷७८ मा तालिम सञ्चालन गर्न भने सकेन । कोरोनाको प्रभावका कारण तालिम सञ्चालन गर्न समस्या भएको र स्वयसेविकालाई पनि कोरोना संक्रमण हुँदा कार्यक्रम नभएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख नरजंग ठकुरीले बताए ।

प्रतिक्रिया दिनुहोस्