
स्वास्थ्य कार्यालयको कार्य प्रगति ६१ प्रतिशत
दरौँदी : स्वास्थ्य कार्यालय गोरखाले आर्थिक वर्ष २०७७÷७८ मा ६१ दशमलव ३१ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । कोरोना माहामारीका कारण समुदायमा गएर कार्यक्रम गर्न नसकिएको, स्वास्थ्यकर्मी कोरोना रोकथाम नियन्त्रण र उपचारमा खटिनु परेकाले प्रगती कम भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख नरजंग ठकुरीले बताए ।
महिला स्वास्थ्य स्वयमशेविका, स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण हुँदा लक्ष्य अनुसार कार्यक्रम गर्न नसकिएको स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाईजर बिरबहादुर श्रेष्ठले बताए । संघिय सकारको कार्यक्रम भन्दा प्रदेश सरकारको कार्यक्रममा कार्यालयले धेरै प्रगती गरेको बुधवार आयोजित पत्रकार अन्तक्रिया कार्यक्रम जानकारी दिइएको थियो ।




