
आँबुखैरेनी गाउँपालिकामा ५ तले बहुउद्देश्यीय भवनको शिलान्यास
तनहुँको आँबुखैरेनी गाउँपालिकाले पाँच तले बहुउद्देश्यीय भवनको निर्माण गर्ने भएको छ । बुधवार एक कार्यक्रमका बीच आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाले १३ करोड ७४ लाखमा बन्न लागेको भबनमा सिलान्यास गरेका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पोखरेलले बताए ।
गाउँपालिकाको आन्तरिक आयमा वृद्धि गर्न तथा यस क्षेत्रका जनताहरुलाई सर्बसुलभ सेवा सुबिधा प्रदान गर्न बहुउद्देश्यीय भवन निर्माण गर्न लागिएको अधिकृत पोखरेलले बताए ।
भवन निर्माणको पहिलो चरणको काम श्री ज्ञानज्योति विल्डर्स प्रालि. काभ्रेले २ करोड ३९ लाख ८८ हजारमा काम हुन लागेको हो । मिति २०७९ साल कार्तिक १५ गते भित्रमा सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
आँबुखैरेनी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष सुनाराम गुरुङको सभापतित्वमा सम्पन्न निर्माणधिन बहुउद्देश्यीय भवनको शिलान्यास समारोहमा गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, उपाध्यक्ष पुष्पा देवि श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल, वडा नं. ३ का वडाध्यक्ष पुर्ण बहादुर आले, वडा नं. ४ का वडाध्यक्ष नेत्र गुरुङ, नेपाली काङ्ग्रेस आँबुखैरेनी गाउँ पार्टीका सभापति केशवनाथ खनाल लगाएतकाले मन्तव्य राखेका थिए ।




