
गोरखामा १८७ सक्रिय संक्रमित, ११४ जनाको पिसिआर रिपोर्ट आउन बाँकी
गोरखामा एक सय ८७ जना सक्रिय संक्रमित गोरखामा छन् । अझै एक सय १४ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको कार्यालयले जनाएको छ ।
अहिले पनि गोरखामा जाँच भएका मध्ये कोरोना पाजोटिभ प्रतिशत २० भन्दामाथि छ । पिसिआर जाँच गरिएका सात हजार छ सय ७२ मध्ये दुई हजार पाँच सय ३५ लाई पोजेटिभ देखिएको थियो । आठ हजार दुई सय ३६ जनाको ऐन्टिजेन परीक्षण गर्दा एक हजार सात सय ७९ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी खड्काले बताए ।
२४ जनाको मृत्यू भएको छ । संक्रमित मध्ये ५२ प्रतिशत पुरुष र ४८ प्रतिशत महिला रहेका छन् ।




