| मङ्लबार, कार्तिक २४, २०८३

अदालतको निर्णय बिरुद्ध गोरखामा युवा संघको प्रदर्शन

सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेको बिरोधमा गोरखामा युवा संघले बिरोध प्रदर्शन गरेका छन् ।

नेकपा एमालेको पार्टी कार्यालयबाट निस्किएको बिरोध ¥याली सदरमुकामको हरमटारी चोकमा आएर कोण सभामा परिणत भएको थियो ।
कोण सभामा बोल्दै एमालेका जिल्ला सचिव कृष्ण नेपालीले सर्वोच्च अदालतको फैसला ठिक नभएको बताउँदै संविधानमाथि कुठराघात भएको, राजनीतिक प्रणालीमाथि हस्तक्षेप भएको बताए ।

एमालेका नेता कार्यकर्ताले शक्ति पृथकीकरणको रक्षा गरौँ, कानुनी शासन कायम गरौँ, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ, संवैधानिक सर्वोच्चता कायम गर जस्ता प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्