
तरुण दल गोरखाद्वारा तीन सदस्य मनोनित
नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दल गोरखाले तीन जना युवाहरुलाई जिल्ला सदस्यमा मनोनित गरेको छ ।
जिल्ला अध्यक्ष आनन्द गुरुङ (काजी) ले गोरखा नगरपालिका ९ का अस्बिन कुँवर, धार्चे गाउँपालिका ४ लाप्राकका पुस्कर गुरुङ, आरुघाट गाउँपालिका १ का रामसिंह गुरुङ लाई सदस्यमा मनोनित गरेका हुन् ।
मनोनित सदस्यहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले मनोनय गरिएको पत्र प्रदान गरेका थिए ।
साथै उनले तरुण युवाहरुको योगदानले नेपाली कांग्रेसले पटक–पटक देशमा परिर्वतन ल्याउन सकेको बताउँदै युवाहरुको भुमिका महत्वपूर्ण हुने बताए ।
तरुण दललाई अझै गतिशिल बनाउन, सांगठनिक गतिविधी बढाउनमा केन्द्रित हुन मनोनित सदस्यहरुलाई तरुण दलका अध्यक्ष आनन्द गुरुङले अनुरोध गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।




