
बढी भाडा लिएर जिल्ला बाहिरबाट यात्रु ओसार्ने माईक्रोबसलाई १० हजार जरिवाना
निषेधाज्ञाको उलंघन गरेर बढी भाडा लिँदै यात्रु ओसार्ने आईक्रोबसलाई जिल्ला प्रशासन कार्यालय गोरखाले १० हजार जरिवाना गरेको छ । प्रहरीले बा ५ ख १०७७, बा ५ ख १०७३ र ग १ ख ९६२२ नम्बरको तीनवटा माईक्रोबसलाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय बुझाएको थियो ।
तीनवटै सवारीलाई १०/१० हजार जरिवाना गरिएको प्रहरी निरीक्षक धर्म अधिकारीले बताए ।
चालकहरु प्रकाश भट्ट, मनिराज गुरुङ र सुजन भट्टलाई प्रहरीले पक्राउ गरेको थियो । सवारी साधन सहित पक्राउ परेका उनीहरुले एक हजार देखि पन्ध्र सय रुपैयाँ प्रतिब्यक्ति भाडा लिएर यात्रुलाई काठमाण्डौँ, चितवन पुर्याएका थिए ।
कोरोना संक्रमण बढिरहेका बेला जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा कायम राखेका बेला उलंघन गरेको भन्दै प्रशासनले कोभिड १९ संकट ब्यवस्थापन अध्यादेश २०७८ मार्फत कारवाही गरेको जनाएको छ ।




