
भिमकुल सहकारीको २६ लाख चोरी
गोरखाको भिमसेन थापा गाउँपालिका ७ को भिमकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ लाख रुपैयाँ चोरी भएको छ ।
शुक्रवार राती एक देखि तीन बजे भित्र चोरी भएको प्रहरी निरीक्षक धर्म अधिकारीले बताए । ‘कार्यालयमा रहेको सेफ नै फुटाएर चोरी भएको देखिन्छ’ उनले भने ‘हामीले घटनाको छानबिन गरिरहेका छौँ ।’ दुई जना ब्यक्ति कार्यालयमा छिरेर चोरी गरेको सिसिटिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ । तर ब्यक्ति पहिचान भने हुन सकेको छैन ।
चोरी भएको बारे शनिवार बिहान मात्रै सहकारीका सदस्यले थाहा पाएका थिए । २०५२ सालमा स्थापना भएको उक्त सहकारीमा अहिले तीन हजार सात सय सदस्य छन् ।




