
मालपोत गोरखाले कुन बार कुन पालिकाको काम गर्ने भन्ने तोक्यो
मालपोत कार्यालयले गोरखाले कार्यालयमा सेवाग्राहीको भिड कम गर्न भन्दै बार अनुसार पालिकाको सेवा निर्धारण गरेको छ ।
लामो समय बन्द रहेर खुलेको कार्यालयमा सबै काम एकै पटक सुचारु गराउँदा भिडहुन सक्ने भएकाले स्थानीय तहको आलोपालो सेवा दिइएको मालपोत कार्यालयले जनाएको छ ।
आइतबार र सोमबार गोरखा नगरपालिका, आरुघाट र धार्चे गाउँपालिकाको काम हुने जनाएको छ । मंगलबार र बुधबार पालुङटार नगरपालिका, सिरानचोक, गण्डकी गाउँपालिकाको काम हुनेछ । बिहिवार र शुक्रबार भिमसेन थापा, शहिद लखन, बारपाक सुलिकोट, अजिरकोट गाउँपालिकाको काम हुने छ ।
पालिकाको बार अनुसार सेवा लिन आउन मालपोत कार्यालयले अनुरोध गरेको छ ।
कार्यालयले एक सूचना नै जारी गर्दै राजिनामा, हालैको बकसपत्र, शेष पछिको बकसपत्रका साथै बैंकमा राखिएका जग्गा रोक्का फुकुवाको काम थालेको छ । नामसारी (मुद्वा सम्बन्धी सम्पूर्ण), अंश वण्डा तथा अंश बुझेको भरपाईको काम भने तत्काल नहुने जनाएको छ ।




