| आइतवार, कार्तिक २२, २०८३

गोनपा २ मा जेष्ठ नागरिकलाई थमर्स, बालवालिकालाई टिफिन बक्स

गोरखा नगरपालिका वडा नम्बर २ मा ७० वर्ष उमेर माथिका जेष्ठ नागरिकलाई थर्मस बितरण गरिएको छ । पानी, चिया लामो समय सम्म तातो रहने हुँदा सजिलोकालागि थर्मस बितरण गरिएको वडा अध्यक्ष रहमतुल्ला मियाँले बताए । वडा कार्यालयले बाल कक्षादेखि कक्षा ५ सम्म पढ्ने वडा भित्रका सरकारी विद्यालयका बालवालिकालाई टिफिन बक्स पनि बितरण गरेको हो ।


वृृद्धवृद्धालाई उपमेयर बिनाकुमारी श्रेष्ठले बुधवार वडा कार्यालयमा थर्मस बितरण गरेकी हुन् । वडा अध्यक्ष मियाँले विद्यालयमा दुई सय थान टिफिन बक्स र दुई सय जनालाई थर्मस बितरण गरिएको बताए । ७० वर्ष उमेर नाघेका र पूणर् अपाङ्गता भएकालाई थर्मस दिइएको हो । आर्थिक रुपमा कमजोर अवस्थाकी सुत्केरी रजिना खातुलनाई उपप्रमुख सहयोग कार्यक्रम अन्र्तगत १० हजार नगद सहयोग गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्