| आइतवार, कार्तिक २२, २०८३

गोनपा १मा टपरी बनाउने मेसिन हस्तान्तरण

गोरखा नगरपालिका वडा नम्बर १ मा अकलादेवी महिला समुहलाई टपरी बनाउने मेसिन हस्तान्तरण गरिएको छ । उप प्रमुख सबल महिला नेतृत्व बिकास कार्यक्रम अन्र्तगत गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले बुधवार एक कार्यक्रमका बिच उक्त मेसिन हस्तान्तरण गरेकी हुन् ।


वडा अध्यक्ष हिक्मतबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रमा उपमेयर श्रेष्ठ, कार्यपालिका सदस्य रञ्जिला श्रेष्ठ, कमला भट्ट लगायत समुहका पदाधिकारी, स्थानीय राजनीतिक दलका अगुवा लगायतको उपस्थिती थियो । टपरी बनाउने मेसिन सँगै दुईवटा कुटानी पिसानी मेसिन पनि हस्तान्तरण गरिएको थियो । उक्त मेसिन वडा कार्यालयले बिनियोजन गरेको बजेटबाट खरिद गरिएको अध्यक्ष कुँवरले बताए । कुटानी पिसानीकालागि सहज हुने भन्दै महिलाहरु खुसी भएका छन् ।


टपरी बनाउने मेसिन गाउँमै भएपछि महिलाहरुलाई ब्यवशायीक रुपमा टपरी तयार गर्न र बिक्रीका लागि गोरखा नगरपालिकाले सघाउने उपप्रमुख बिनाकुमारी श्रेष्ठले बताईन । साथै उनले महिलाहरुलाई आर्थिक, सामाजिक रुपमा सबल बनाउन उपप्रमुख नेतृत्व बिकास कार्यक्रम अन्र्तगत चालु वर्ष हरेक वडामा केही न केही कार्यक्रम सञ्चालन गरिएको बताईन ।

प्रतिक्रिया दिनुहोस्