| मङ्लबार, कार्तिक २४, २०८३

भू तथा जलाधार कार्यालयद्वारा निशुल्क विरुवा वितरण

भू तथा जलाधार कार्यालयद्वारा निशुल्क विरुवा वितरण गरेको छ । गत असार १५ गतदेखि विभिन्न प्रजातिका विरुवा वितरण गर्न सुरु गरिएको भू तथा जलाधार कार्यालय, कार्यक्रम कार्यान्वयन इकाइ गोरखाका प्रमुख चन्द्र सेढाईँले जानकारी दिए ।
गोरखा नगरपालिका १० छेपेटारस्थित महादेव मन्दिर परिसरमा रहेको नर्सरीबाट किसानका लागि घाँसजन्य बोटबिरुवा र सर्वसाधारण नागरिकका लागि विभिन्न प्रजातिका विरुवा वितरण गर्न सुरु गरिएका सेढाइँले जानकारी दिए ।
विरुवा वितरण कार्यक्रम विरुवा बाँकी रहेसम्म जारी रहने उनले बताए ।
सो ठाउँमा चाँप, नेमारा, सिस्नो, खयर, कल्की, इपिलइपिल, बकाइनो, टाँकी, किम्बु, अमला, लयायतका विरुवाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्