| आइतवार, कार्तिक २२, २०८३

झ्यापझ्याप विजुली गएर आजित भएपछि गोरखाका किशोरको एकल प्रदर्शन

गोरखामा छिनछिनमा बिजुली बत्ती जाने समस्याले उपभोक्ताले सास्ती भोग्नु परेको छ ।

अनलाई कक्षा संचालन भईरहेको, परीक्षाको तयारी चलिरहेको बेला बत्ती आउने जाने हुँदा इन्टरनेट चलाउन समस्या भएको गुनासो उपभोक्ताले गर्ने गरेका छन् ।
बत्ती आउनेजाने समस्याको एक युवाले गोरखा सदरमुकामको बसपार्कमा सांकेतिक बिरोध जनाएका छन् । हातमा प्लेकार्ड लिएर एक युवा बिहिवार दिउँसो एक घण्टा भन्दाबढि बसपार्कमा बसेका थिए ।

छिनछिनमा विद्युत काटिनुको कारण के हो ? समस्याको समाधान गर्नु पर्दैन ? विद्युत प्राधिकरणले लापरवाही गरेकै हो ? जस्ता विषय लेखिएको प्लेकार्ड बोकेर ति युबक बसेका थिए ।
दरौँदी अनलाईन सँग कुराकानी गर्दै उनले भने ‘धेरैपहिले देखि यो समस्या छ तर समस्या समाधान चाँही किन भएन, समाधान गर्नुप¥यो नि ।’ ति युबकले आफु विद्यार्थी भएको बताउँदै परिचयभ ने खुलाएनन् ।

प्रतिक्रिया दिनुहोस्